Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ताइवानका विषयमा चीनलाई रुसको साथ  

ताइवानका विषयमा चीनलाई रुसको साथ  

  • बुधवार, श्रावण १८ २०७९

  • 937
    SHARES

  • ताइवानका विषयमा चीनलाई रुसको साथ  
    एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पलोसी गरेको ताइवान भ्रमण विशुद्ध उत्तेजनात्मक गतिविधि भएको रुसले बताएको छ ।  मंगलबार रुसका राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले वाशिङटनसँग बेइजिङको विवादमा मस्कोले बेइजिङलाई पूर्ण समर्थन गर्ने बताए । 
     
    ‘हामी चीनसँग पूर्ण ऐक्यबद्धता व्यक्त गर्छौं,’ पेस्कोभले बताए, ‘त्यस विषयमा चीनको संवेदनशीलतालाई बुझ्न सकिन्छ । त्यो जायज छ । अनि त्यसलाई सम्मान गर्नुको साटो अमेरिकाले भिडन्तको बाटो रोजेको छ । यसले सुखद भविष्यको संकेत गर्दैन । वाशिङटनको निर्णय निन्दनीय छ ।’
     
    ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढेर युद्ध भएमा रुसले आफ्नो सीमा रक्षाका लागि आफ्नै सैनिक खटाउने पनि उनले जानकारी दिए । उत्तेजनात्मक परिस्थिति उब्जिए पनि आफ्नो सम्पूर्ण सीमाको सुरक्षा आफ्नै सेनाले गर्ने उनले दाबी गरे ।
     


    बुधवार, श्रावण १८ २०७९०२:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij