Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

'ओए कान्छु, म परदेश जान्छु' (भिडियोसहित)

'ओए कान्छु, म परदेश जान्छु' (भिडियोसहित)

  • बुधवार, भाद्र १० २०७७

  • 2.8K
    SHARES

  • 'ओए कान्छु, म परदेश जान्छु' (भिडियोसहित)

    तिम्रो माया छ मलाई बेसरी
    नरोउनरोउ रुनुहुन्न यसरी
    ओए कान्छु, म परदेश जान्छु

    बिन्ति गर्छु दश औंला जोडेर
    जाने कुरै नगर छोडेर
    ओए कान्छा, मनले कहाँ मान्छ

    यी शब्द हुन लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलको ओए कान्छु म परदेश जान्छु बोलको गीतमा समेटिएका । पौडेल र गायिका शान्ति श्री परियारको स्वर रहेको सो गीत भिडियोसहित भर्खरै मात्रै बजारमा आएको छ ।

    नेत्र अर्यालको शब्दमा तयार पारिएको गीतमा खेम सेञ्चुरीको संगीत रहेको छ भने अभिनयमा पनि उनै सेञ्चुरी र अन्जली अधिकारीलाई देख्न सकिन्छ । गीतमा घरको आर्थिक अवस्था कमजोर भएकै कारण गर्भवति एक्लो श्रीमतीलाई छोडेर परदेशिएको कथालाई समेटिएको छ ।

    गरिब परिवार जस्को घरमा साँझबिहानको छाकटार्न धौधौं हुन्छ, अरुको मेलापात गरेर गुजारा चलाएरपनि खुशी खुशी बाँचेका हुन्छन् । तर जिन्दगी बिताउन त्यत्तिले सहज हुँदैन अब परदेशीनुपर्ने कुरामा दुबैजना दुखी भएका छन् ।

    जसोतसो दुखसुख संगै काटौला भन्ने श्रीमतको अनुरोधमा श्रीमानले भने आउने सन्तानको भविष्यलाई सोचेर बिदेशीनुपर्ने बाध्यात्मक अवस्थाको जोड गर्दै मन गाठो पार्दै परदेशिएको कथालाई सेञ्चुरी र अधिकारीले यथार्थपरक रुपमा उतारेका छन् । गीतले हरेक नेपालीको कथालाई बोकेको छ ।

    पौडेलका यो भन्दा अगाडिका गीतहरुलाईपनि दर्शकश्रोताले अत्यधिक रुचएका छन् । यो गीतलेपनि माया पाउने आशा उहाँको छ ।  गायन, शब्द लेखन, संगीत र अभिनय यि सबै बिधामा आफ्नो दख्खल सावित गराउन सफल सेञ्चुरी पछिल्लो समय निकै व्यस्त र रुचाईएका सर्जकका रुपमा चिनिनुहुन्छ । 

    अर्याल र पौडेलको यो भन्दा अगाडि बजारमा आएको गीत 'कोरोना महामारी' लाई पनि दर्शक श्रोताले अत्यधिक रुचाएका थिए । भिडियोलाई कपिल लामाले निर्देश्न गर्नुभएको छ । गीतलाई गायक स्वयम् पौडेलको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

     


    बुधवार, भाद्र १० २०७७०४:१३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij