Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

श्रीलंकामा संकटकाल घोषणा,  विक्रमासिंघे कार्यवाहक राष्ट्रपति नियुक्त

श्रीलंकामा संकटकाल घोषणा,  विक्रमासिंघे कार्यवाहक राष्ट्रपति नियुक्त

  • बुधवार, आषाढ २९ २०७९

  • 1.1K
    SHARES

  • श्रीलंकामा संकटकाल घोषणा,  विक्रमासिंघे कार्यवाहक राष्ट्रपति नियुक्त
    एजेन्सी ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । 
     
    उनलाई राष्ट्रपति नियुक्त गरेसँगै देशव्यापी विरोध प्रदर्शन सुरु भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । 
     
    राजधानी कोलम्बोसहितको पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ । यसअघि, राष्ट्रपति राजापाक्षे बिहानै मालदिभ्सका लागि आफ्नो श्रीमती र दुई सुरक्षा अधिकारीसहित देशबाट भागेर मालदिभ्स पुगेको समाचार सार्वजनिक भएको थियो ।
     


    बुधवार, आषाढ २९ २०७९०३:३८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij