Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आवे अझै होसमा आएका छैनन् 

गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आवे अझै होसमा आएका छैनन् 

  • शुक्रवार, आषाढ २४ २०७९

  • 751
    SHARES

  • गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आवे अझै होसमा आएका छैनन् 
    काठमाडौं । चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवे केही घण्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।
     
    जापानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले आबेले सास फेर्न नसकेको र उनको मुटु रोकिएको उल्लेख गरेको छ।
     
    जापानका प्रधानमन्त्री फुमिओ कासिदाले समाचार संस्था रोयटर्ससँग भनेका छन्-यो पाशविक र विद्वेषपूर्ण घटना हो र यो क्षम्य हुने छैन। हामीले गर्न सक्ने जति हामी सबै गर्नेछौं। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्।
     
    आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो।
     
    प्रहरीले उनलाई गोली हान्ने ४१ वर्षीय शङ्कास्पद पुरुषलाई तत्काल पक्राउ गरेको थियो। ती पुरुषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ। उनले गोली हान्नुको कारण भने खुलेको छैन।
     
    गोलीको आवाज आएपछि आवे आफ्नो छातीमा समाउँदै ढलेका थिए। उनको सर्टमा रगत देखिएको थियो। त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो। उनको उपचार जारी छ। 
     
    जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्थ्यो। त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ।
     
    लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ।
     
    अष्ट्रेलियाली प्रधानमन्त्री, अमेरिकी विदेश मन्त्रीसहित संसारका विभिन्न मुलुकका नेताहरूले आबेमाथिको गोली प्रहारको निन्दा गर्दै उनको शीघ्र स्वास्थ्य लाभको काम गरेका छन्। 
     


    शुक्रवार, आषाढ २४ २०७९०२:१७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij