Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु

भारतमा रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु

  • शुक्रवार, आषाढ १७ २०७९

  • 950
    SHARES

  • भारतमा रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु
    काठमाडौं । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ  भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ ।
     
    भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसै गरी अन्यको खोजी जारी छ । कति  पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुरसहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताइएको छ । 
     
    रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई  परिचालन गरिएको छ ।
     
    जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेसन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो ।
     
    भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए।  अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडीआरएफ, एसडीआरएफ र नोनी जिल्लाका स्थानीयहरूले पनि खोजी कार्यमा सक्रियता पूर्वक जुटिरहेको जनाइएको छ ।  
     
    यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख्यमन्त्री एन बिरेन सिंहसँग मणिपुरमा लगातार वर्षाका कारण आएको पहिरोको अवस्थाको समीक्षा गर्दै केन्द्र सरकारबाट पूर्ण सहयोगको आश्वासन दिएका छन् ।
     


    शुक्रवार, आषाढ १७ २०७९०२:५३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij