Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पल शाहको मुद्धामा बहस सकियो, यस्तो छ अवस्था...

पल शाहको मुद्धामा बहस सकियो, यस्तो छ अवस्था...

  • बिहिवार, जेठ १९ २०७९

  • 1.2K
    SHARES

  • पल शाहको मुद्धामा बहस सकियो, यस्तो छ अवस्था...

    काठमाडौं । अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ ।

    अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ । जिल्ला अदालतले शाहलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

    त्यसमा आज भएको सुनवाइमा शाहको तर्फबाट पाँच जना र ‘पीडित’ को तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले बहस गरेका हुन् ।

    यसअघि जिल्ला अदालतमा पीडित नाबालिगको तर्फबाट दर्जनौं कानून व्यवसायीहरूले बहस गरेका थिए । तर, पीडितले बयान फेरेसँगै उनीहरू सबैले मुद्दाबाट हात झिकेका छन् ।

    आज शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदिश पाण्डे र मिलनध्वज शाहीले बहस गरे । जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरे ।


    बिहिवार, जेठ १९ २०७९०६:२०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij