Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढीको मृत्यु : युक्रेन

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढीको मृत्यु : युक्रेन

  • शुक्रवार, बैशाख ३० २०७९

  • 713
    SHARES

  • रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढीको मृत्यु : युक्रेन

    एजेन्सी । युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् ।

    २४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१ जना मारिएकाबाहेक थप १६९७ सैनिकहरू घाइते भएका नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङ भने ।

    रुसी हमलामा मारिनेको संख्याबारे दुबै देश मौन रहेका बेला युक्रेनी पक्षबाट आफ्ना मारिने सेनाको तथ्यांक सार्वजनिक भएको हो । युक्रेनी र रुसी अधिकारीहरू क्षतिबारे खासै खुलेका छैनन् ।

    युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेनाहरूको बारेमा तथ्यांकबारे विरलै जारी गरेका छन् न त किभको रक्षा मन्त्रालय र मस्कोले सैन्य क्षतिको बारेमा कुनै जानकारी प्रदान गरेका छन् ।


    शुक्रवार, बैशाख ३० २०७९०६:१९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij