काठमाडौँ । पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा चयन भएका छन् । शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । उनको विपक्षमा कुनै पनि मत परेन ।
इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गरेका थिए ।
प्रधानमन्त्री चुनिएका शहबाज शरीफले आज राति ८ बजे शपथग्रहण गर्ने पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ ।
यसअघि आइतबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उनले देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।