Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिकाद्वारा हङकङसम्बन्धी नयाँ प्रतिबन्धको कानुन पारित

अमेरिकाद्वारा हङकङसम्बन्धी नयाँ प्रतिबन्धको कानुन पारित

  • बिहिवार, आषाढ १८ २०७७

  • 614
    SHARES

  • अमेरिकाद्वारा हङकङसम्बन्धी नयाँ प्रतिबन्धको कानुन पारित

    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले हङकङसम्बन्धी नयाँ प्रतिबन्धको कानुन पारित गरेको छ । चीनले हङकङमाथि लागु गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनको चौतर्फी विरोध भइरहेका बेला अमेरिकाले नयाँ प्रतिबन्धको कानुन पारित गरेको हो ।

    नयाँ प्रतिबन्ध सर्वसम्मतिले पारित गरिएको हो । नयाँ प्रतिबन्धअनुसार चिनियाँ अधिकारीसँग मिलेर बैंकिङ कारोबार गर्नेलाई सजायको प्रावधान राखिएको छ । राष्ट्रपति ट्रम्पकोमा जानुअघि यस कानुनलाई माथिल्लो सदनले पनि अनुमोदन गर्नुपर्ने हुन्छ ।


    टिप्पणीकारहरुले चीनले हङकङमाथि लागु गरेको नयाँ कानुनले हङकङको स्वतन्त्रताको अन्त्य भएको बताएक छन् । तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले सन् १९९७ मा बेलायतले हङकङ चीनलाई सुम्पिँदा ५० वर्षसम्म स्वतन्त्रताको ग्यारेन्टी गर्ने भनिएको सम्झौताको उल्लंघन भएको बताएकी छन् ।

    उनले भनिन्, “यो हङकङका जनताविरुद्धको एक क्रूर र व्यापक दबाब हो । चीनले आफैंले गरेको प्रतिबद्धतालाई उल्लंघन गरेको छ ।“

    पेलोसीले थपिन्, “यो कानुन चीनले ल्याएको नयाँ कानुनको प्रतिक्रियाका लागि तत्काल आवश्यक भएको हो । जसले हङकङको प्रजातान्त्रिक स्वतन्त्रताको अन्त्य गरेको छ ।“

    गत वर्ष अमेरिकाले हङकङका प्रजातन्त्र पक्षधर प्रदर्शनकारीलाई सहयोग गर्नका लागि मानवअधिकार र प्रजातन्त्र ऐनमा हस्ताक्षर गरेको थियो । –बीबीसी

     


    बिहिवार, आषाढ १८ २०७७०५:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij