Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना भाइरसका कारण विश्वभर ५ लाख १९ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर ५ लाख १९ हजारभन्दा बढीको मृत्यु

  • बिहिवार, आषाढ १८ २०७७

  • 787
    SHARES

  • कोरोना भाइरसका कारण विश्वभर ५ लाख १९ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १९ हजार २७२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख १९ हजार ७६२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।


    नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ४० हजार ३३८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ६० हजार १५२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


    चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्तराज्य अमेरिकामा मात्र २७ लाख ७९ हजार ९५३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार ७९८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।


    दक्षिण अमेरिकामा २२ लाख ९९ हजार ९०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८७ हजार ६७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३२ लाख ४७ हजार १४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७१ हजार २७० जनाको मृत्यु भएको छ ।

    युरोपमा २४ लाख ६४ हजार ४२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार २८९ को मृत्यु भएको छ । एसियामा २३ लाख ७६ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ६२ जनाको मृत्यु भएको छ ।

    अफ्रिकामा ४ लाख २१ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ४४३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ६४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।


    बिहिवार, आषाढ १८ २०७७०४:१८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij