Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा मस्जिदभित्र आत्मघाती बिस्फोट, कम्तीमा ३० जनाको मृत्यु

पाकिस्तानमा मस्जिदभित्र आत्मघाती बिस्फोट, कम्तीमा ३० जनाको मृत्यु

  • शुक्रवार, फाल्गुण २० २०७८

  • 636
    SHARES

  • पाकिस्तानमा मस्जिदभित्र आत्मघाती बिस्फोट, कम्तीमा ३० जनाको मृत्यु

    काठमाडौं – पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा शुक्रबार आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

    पाकिस्तानी समाचार पत्र द डनका अनुसार कोचा रिसालदार क्षेत्रको सिया मस्जिदमा भएको बिस्फोटमा परी ५० जना बढी घाइते भएका छन्।

    बिस्फोटमा दुई जना आत्मघाती संलग्न रहेको बताइएको छ। उनीहरूले मस्जिदको सुरक्षामा रहेका प्रहरीमाथि गोली हानेका थिए। गोली हानाहानमा एक जना प्रहरी र आक्रमणकारीको मृत्यु भएको थियो। त्यहीबेला अर्का आत्मघाती मस्जिदभित्र छिरेर बम बिस्फोट गराएका थिए।

    आक्रमणको जिम्मा कसैले लिएको छैन। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिस्फोट निन्दा गरेका छन्।


    शुक्रवार, फाल्गुण २० २०७८०५:५८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij