Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ भन्दै चिरञ्जिवी यस्तो अवस्थामा (भिडियोसहित)

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ भन्दै चिरञ्जिवी यस्तो अवस्थामा (भिडियोसहित)

  • सोमवार, श्रावण २६ २०७७

  • 951
    SHARES

  • ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ भन्दै चिरञ्जिवी यस्तो अवस्थामा (भिडियोसहित)

    काठमाडौं । ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बादल थापाको स्वर रहेको गीतको भिडियो आइतबार सार्वजनिक भएको हो।

    भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जिवी सापकोटा (जिवी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय छ। सृजन बरालले निर्देशन गरेको गीतको भिडियोमा गायक थापाकै शब्द तथा संगीत छ।

    सञ्चारकर्मी समेत रहेका चिरञ्जिवीले दमदार अभिनय गरेका छन् । भिडियोमा उनले गरेको अभिनयलाई लिएर राम्रो प्रतिक्रिया आएका छन् । यसअघि पनि उनले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

    आहा टिभी युट्युब च्यानलबाट आइतबार दिउँसो सार्वजनिक भएको गीतले राम्रो प्रतिक्रिया बटुलिरहेको निर्माण पक्षले दाबी गरेको छ।

     

     


    सोमवार, श्रावण २६ २०७७०३:१४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij