Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कारोबार रकम बढे पनि नेप्से परिसूचक दोहोरो अंकले घट्यो

कारोबार रकम बढे पनि नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  • बिहिवार, माघ २० २०७८

  • 689
    SHARES

  • कारोबार रकम बढे पनि नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो ।

    नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव २६ अंकले घटेको छ ।

    बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । एकैदिन बिहीबार साढे ८ अर्ब माथिको शेयर किनबेच भएको छ ।

    दिनभर भएका १ लाख ८ हजार ३ सय ६५ कारोबारबाट २२४ कम्पनीरधितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएको छ । जसबाट कारोबार रकम ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ पुगेको छ ।

    बजार घटेपनि धेरै जसो हाइड्रोपावर कम्पनीहरु र निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ ।

     

     


    बिहिवार, माघ २० २०७८०४:०४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij