Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुससँग लड्न युक्रेनी जनताद्वारा काठको बन्दूक लिएर अभ्यास

रुससँग लड्न युक्रेनी जनताद्वारा काठको बन्दूक लिएर अभ्यास

  • सोमवार, माघ १७ २०७८

  • 1.3K
    SHARES

  • रुससँग लड्न युक्रेनी जनताद्वारा काठको बन्दूक लिएर अभ्यास

    एजेन्सी । युक्रेनी सर्वसाधारणहरूको एक समूहले रुसबाट हुने आक्रमण रोक्नका लागि भन्दै काठको बन्दूक लिएर अभ्यास गरेका छन् । टेरिटोरियल डिफेन्स फोर्सेस नामक समूहले राजधानी किएभ नजिक बन्द भएको एक कारखानामा युद्धाभ्यास गरेका हुन् ।

    माइनस ६ डिग्री सेल्सियसमा भेला भएका मानिसहरूले काठबाट बनेको बन्दूकको प्रतिरूप र न्यानो कपडा लगाएर अभ्यास गरेका हुन् ।

    उनीहरूले कालाश्निकोभ असल्ट राइफलको काठे प्रतिरूप देखाउँदै फायरिङ पोजिसनको अभ्यास गरेका थिए ।

    नतालिया नामक ४३ वर्षीया महिलाले भनिन्, ‘मसँग हतियार छैन र सैन्य पोशाक पनि छैन । तर उनीहरू आउँदैछन् । खतराका बारेमा मलाई जानकारी छ । यो ठूलो जोखिम हो तर म देश र परिवारलाई रक्षा गर्न जुनसुकै काम गर्न पनि तयार छु । हामीमाथि आक्रमण भएमा हत्या गर्न पनि म तयार छु ।’

     

     


    सोमवार, माघ १७ २०७८०२:३२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij