Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वभर एक करोड २५ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

विश्वभर एक करोड २५ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

  • शनिवार, श्रावण २४ २०७७

  • 759
    SHARES

  • विश्वभर एक करोड २५ लाखभन्दा बढी कोरोना संक्रमित निको भए

    काठमाडौं । विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् ।

    निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने ६२ लाख ७५ हजार ८४ मात्र छ । संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार एक सय ८६ जनाको  मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।   डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना संक्रमित छन् ।

    याे प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार एक सय चारजनाको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा ४६ लाख २५ हजार चार सय ५४ जना संक्रमित छन् । यहाँ एक लाख ५६ हजार आठ सय तीनजनाको मृत्यु भएको छ ।

    उत्तर अमेरिकामा ५९ लाख ९६ हजार चार सय दुईजना संक्रमित छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ । युरोपमा ३० लाख १० हजार पाँच सय १० जना कोरोना संक्रमितमध्ये भएकोमा दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ ।

    एसियामा ४८ लाख ६८ हजार सात सय ४६ जनामा कोरोना संक्रमण छ । यहाँ एक लाख ६ हजार सात सय ४२ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख २५ हजार चार सय ६४ जनामा संक्रमित भएका छन भने २२ हजार पाँच सय ५३ जनाको मृत्यु भएको छ ।

    ओसियानामा २२ हजार पाँच सय ७२ जना संक्रमित भएको र तीन सय चारजनाको मृत्यु भएको छ ।


    शनिवार, श्रावण २४ २०७७०२:२२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij