Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना संक्रमित दर १ हप्तामा ५ गुणाले बृद्धी

भारतमा कोरोना संक्रमित दर १ हप्तामा ५ गुणाले बृद्धी

  • सोमवार, पौष १९ २०७८

  • 1.1K
    SHARES

  • भारतमा कोरोना संक्रमित दर १ हप्तामा ५ गुणाले बृद्धी

    काठमाडौं । भारतमा एक हप्ताको अवधिमा कोभिड – १९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७ सय ५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड –१९ बाट १२३ जनाको मृत्यु भएको भने १० हजार ८ सय ४६ जना संक्रमण मुक्त भएका छन् ।

    यसैबीच, भारतमा तीव्र गतिमा फैलिइरहेको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा फेला परेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरल सबैभन्दा बढी प्रभावित बनेका छन् ।

    ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ सोमबारसम्म ५१० जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

    ओमिक्रोनका संक्रमित धेरै रहेको सूचीमा दोस्रो स्थानमा रहेको दिल्लीमा आजसम्म ३५१ जनामा यो भेरियन्ट पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।


    सोमवार, पौष १९ २०७८०३:१३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij