Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुडानका प्रधानमन्त्री हमडोकद्वारा राजीनामाको घोषणा

सुडानका प्रधानमन्त्री हमडोकद्वारा राजीनामाको घोषणा

  • सोमवार, पौष १९ २०७८

  • 750
    SHARES

  • सुडानका प्रधानमन्त्री हमडोकद्वारा राजीनामाको घोषणा

    सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकले राजीनामा दिएका छन्। सेनासँगको विवादास्पद सम्झौतापछि पुनर्वहाली भएको केही सातामै उनले पदबाट राजीनामा दिएका हुन् ।

    ‘देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकिएको उनले पुष्टि गरेका छन् ।

    हमडोकसँग सम्झौता गरेर सेनाले प्रधानमन्त्रीको जिम्मेवारीमा निरन्तरता दिए पनि सुडानमा नागरिकबाट चुनिएकाले शासन गर्न पाउनुपर्ने मागसहित प्रदर्शन जारी छ। जारी प्रदर्शनमा केहीले ज्यानसमेत गुमाइसकेका छन्।

    सेना र हमडोकबीचको सम्झौता अस्वीकार गर्दै प्रदर्शन जारी राखेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्।

    प्रधामन्त्री हमडोकले राजीनामा दिँदै देशको लोतन्त्र बचाउन र नागरिक स्वतन्त्रताका लागि आफूले जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन्।

    गत अक्टोबरमा सेनाले कु गर्दै सत्ता कब्जा गरेपछि हामडोकलाई नजरबन्दमा राखेको थियो। त्यसपछि केही साता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनर्बहाली गरेको थियो।


    सोमवार, पौष १९ २०७८०२:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij