Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नारान र सरिताले ल्याए ‘नचिनेको मान्छे’ (भिडियो सहित)

नारान र सरिताले ल्याए ‘नचिनेको मान्छे’ (भिडियो सहित)

  • शनिवार, पौष ३ २०७८

  • 1.8K
    SHARES

  • नारान  र सरिताले ल्याए ‘नचिनेको मान्छे’ (भिडियो सहित)

    काठमाडौँ । कलाकार नारान  नेपालीको ‘नचिनेको मान्छे’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    शहरको दुःख भोगाइ र संघर्षको विषयलाई लिएर एक युवा खेलाडी र आमाको कथा समेटिएको यस भिडियोमा स्वयम नारान नेपाली र सरिता गिरीले अभिनिय गरेका छन् ।

    पुरुषोत्तम ढुङ्गेलको रचना तथा राजनराज शिवाकोटीको सङ्गीत संयोजन रहेरको गीतमा गायक नारान नेपालीको आवाज रहेको छ ।

    शनिबार(आज) नारान नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले नै साथ दिएका छन् । गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको भिडियोमा देख्न सकिन्छ ।

    पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिदान्त मगरको रहेको छ । भिडियोमा आमा छोराको माया सद्भाव दर्शाइएको छ । भिडियोको निर्माता शिव बहादुर नेपाली हुन् ।

    हेर्नुसु भिडियोः


    शनिवार, पौष ३ २०७८०२:०७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij