Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर १८ हजार १६८ सक्रिय संक्रमित

देशभर १८ हजार १६८ सक्रिय संक्रमित

  • बिहिवार, आश्विन १४ २०७८

  • 612
    SHARES

  • देशभर १८ हजार १६८ सक्रिय संक्रमित

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

    मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् ।

    यस्तै बितेको २४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण भएको थियो । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।

    हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् ।


    बिहिवार, आश्विन १४ २०७८०५:५३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij