Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनआरएनएको अन्तर्राष्ट्रिय महिला उपाध्यक्षमा बेगम सैयदले उम्मेदवारी दिने

एनआरएनएको अन्तर्राष्ट्रिय महिला उपाध्यक्षमा बेगम सैयदले उम्मेदवारी दिने

  • मंगलवार, भाद्र २२ २०७८

  • 883
    SHARES

  • एनआरएनएको अन्तर्राष्ट्रिय महिला उपाध्यक्षमा बेगम सैयदले उम्मेदवारी दिने

    काठमाडौं । गैह्रआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महिला उपाध्यक्षमा मध्यपुर्वबाट यासमिन बेगम सैयदले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

    साझा एनआरएनए र सक्षम नेतृत्वले मात्र एनआरएनएको गरिमा र संस्थालाई जिवन्त दिनसक्छ भन्ने उद्देश्यका साथ नेतृत्व तहका लागि आफुले उम्मेद्बारी दिन लागेको उहाँले प्रष्ट पार्नुभयो ।

    बिगत लामो समयदेखि मध्यपुर्वमा रहेर विभिन्न संस्थाको अस्तित्व र संस्थाका गतिविधिमा आफ्नो सिङ्गो परिवार लागेको उहाँले बताउनुभयो ।

    सन् २००७ देखि एनआरएनए साउदीको संस्थापक सदस्य रही कयौं संघसंस्थामा प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेर सामाजिक काम गरिरहेकी बेगमले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरी सामाजिक कार्यसँगै साउदी अरबमा आफ्नो व्यवसाय गर्दै आउनु भएको छ ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिमा मध्यपूर्ण उपसंयोजक रहेर कार्यरत उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीको सेवा गरिरहनु भएको छ ।

    खाडिमा कार्यरत नेपाली दिदिबहिनी र दाजुभाइहरु समस्याबारे जानकार बेगमको उम्मेदवारीले खाडीको श्रमिक समस्याको अन्तर्राष्ट्रियकरण हुने बिश्वास गरिएको छ ।

    बेगमलाई एनआरएनएको बौद्धिक समुह मध्येको एक प्रभावशाली महिला नेतृका रुपमा समेत लिइन्छ ।

     


    मंगलवार, भाद्र २२ २०७८०९:२९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij