काठमाडौं । गाइजात्रा विशेष प्रहसन ‘डाक्टरसँग प्रधानमन्त्री’ सार्वजनिक भएको छ । कलाकार सन्तोष खनालको लेखन तथा निर्देशन रहेको ‘डाक्टरसँग प्रधानमन्त्री’ मा बालकलाकार सुयशा खनाल र निर्देशक स्वयम् सन्तोष खनालको अभिनय रहेको छ ।
‘नेपाली कमेडी शो’ मा आफ्नो प्रस्तुती देखाएर सबैको मन जित्न सफल बालकलाकार सुयशा खनालले डाक्टरको भुमिका निभाएकी छिन् ।
नेपालको राजनीतिक अवस्थालाई व्यङग्यात्मक तरिकाले विषयबस्तु बनाएर कथालाई प्रस्तुत गरिएको छ । सुविसा क्रियशनको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको उक्त भिडियोलाई गुरुङ थाकुले खिचेका हुन् ।