Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कल्पना रेग्मीको तीज गीत ‘अत्याचार’ मा महिलाको पीडा (भिडियोसहित)

कल्पना रेग्मीको तीज गीत ‘अत्याचार’ मा महिलाको पीडा (भिडियोसहित)

  • बुधवार, भाद्र २ २०७८

  • 1.4K
    SHARES

  • कल्पना रेग्मीको तीज गीत ‘अत्याचार’ मा महिलाको पीडा (भिडियोसहित)

    काठमाडौं । हिन्दु महिलाको महानपर्व हरितालिका तीज लगभग आइसकेको छ । तीजका गीतहरु दुई तीन महिनादेखि बजारमा आउने गर्छन् अझैं पनि आइरहेका छन् ।

    तीज पर्वलाई महिलाको बिशेष पर्वका रुपमा लिइन्छ । वर्षभरीको दुख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने पर्वका रुपमा पनि तिज पर्वलाई लिने गरिन्छ । बिहे गरेर गएको घरमा आफूले पाएको पीडा र बेदनालाई पोख्ने मुख्य पर्व पनि तीज हो ।

    धेरै समय छुट्टिएका साथीसंगीसँगको भेटघाट लगायतलाई विशेष बनाएर रमाउने, नाच्ने र गाउने गरिन्छ ।

    तीजमा धेरै गीतहरु बजारमा आउने गर्छन् तर विगतको वर्षदेखि कोरोना महामारी र यसको नियन्त्रण, रोकथामका लागि पटकपटक हुदै आइरहेका बन्दले गर्दा गीत बजारमा आउनेक्रम अलि कम भएपनि रोकिएका भने छैनन् ।

    यहि क्रममा सञ्चारकर्मी तथा कलाकार कल्पना रेग्मीको ‘अत्याचार’ बोलको तीज गीत सार्वजनिक भएको छ । श्रीमान, सासुससुरा र नन्दको बिहे आमा बाँच्नुपरेको पिडालाई मुख्य विषय बनाइएको गीतमा रेग्मीको शब्द तथा संगीत रहेको छ ।


    गीतमा यस्ता शब्द रहेका छन्:

    बिहे अघि मात्रै रहेछ खुशी लाउने तीजमा
    हुन दिनौ आमा कमि हुनै चिजमा
    बिहे पछि कहिल्यै तीज भएन आमा वाउ मलाई
    जति तीज आयो उति दियो घाउ मलाई

    गायिका सर्मिला गुरुङको स्वर रहेको गीतमा माइती घरमा लाड्ली छोरीलाई बिहेपछि श्रीमानले बाहिर पराइ केटीसँग लागेपछि छोराछोरी र आफूलाई हेला गरेको कथा देखाइएको छ । गीतकार स्वयम् कल्पना रेग्मी, संगम भण्डारी, सरोज दाहाल र सुबेक्षा रेग्मीलगायतको अभिनय रहेको छ । गीतलाई सरोज दाहालले निर्देशन गरेका हुन् । गीत कलाकार रेग्मीकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।


    बुधवार, भाद्र २ २०७८०४:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij