Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अफगानी राष्ट्रपति अशरफ घानीले छोडे देश

अफगानी राष्ट्रपति अशरफ घानीले छोडे देश

  • सोमवार, श्रावण ३२ २०७८

  • 827
    SHARES

  • अफगानी राष्ट्रपति अशरफ घानीले छोडे देश

    काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेका छन् । तालिबानले देश कब्जा गरेसँगै राजीनामा दिनुपर्ने दबाबमा रहेका उनले देश छाडेको बीबीसीले जनाएको छ ।

    तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।

    दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए।

    यसअघि गृह मन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका थिए ।

    केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्।

    तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो।

    राष्ट्रपति गानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले जनाएको छ। त्यहाँबाट उनीहरु अर्को मुलुकतर्फ जाने बताइएको छ।

    घानीका निकट सहयोगीहरुले देश छाडेका छन्।

    यसअघि दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलई सुम्पेको बताएका थिए।


    सोमवार, श्रावण ३२ २०७८०६:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij