Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तालिवानले यसरी लियो राजधानी काबुलबाहेक अन्य प्रमुख सहरमाथि कब्जा !

तालिवानले यसरी लियो राजधानी काबुलबाहेक अन्य प्रमुख सहरमाथि कब्जा !

  • आइतवार, श्रावण ३१ २०७८

  • 1.4K
    SHARES

  • तालिवानले यसरी लियो राजधानी काबुलबाहेक अन्य प्रमुख सहरमाथि कब्जा !

    एजेन्सी – अफगानिस्तानमा तालिवान लडाकुहरू पूरै देशलाई पुनः आफ्नो नियन्त्रणमा लिने अवस्थामा पुगेका छन् । अहिले राजधानी काबुलबाहेक अन्य सबै प्रमुख सहरहरूमा उनीहरूको वर्चस्व कायम भइसकेको छ ।

    लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आज बिहानै आफ्नो नियन्त्रणमा लिएका छन् ।

    योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ ।

    अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन् ।
    तालिबान लडाकुहरूले एउटा पनि गोली नचलाई जलालाबादलाई आज बिहान नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ ।

    ‘जलालाबादमा अहिले कुनै भिडन्त भइरहेको छैन । किनकि, यहाँका गर्भनरले तालिबानसमक्ष आत्मसमर्पण गरेका छन्,“ त्यहाँस्थित एक अफगान अधिकारीले समाचारसंस्था रोएटर्सलाई भने, ‘तालिबानलाई अगाडि बढ्न दिनका लागि मार्ग प्रशस्त गर्नु नै नागरिकको ज्यान बचाउने एक मात्र बाटो थियो ।’

    जलालाबादमाथि तालिवानले कब्जा गर्नु भनेको छिमेकी मुलुक पाकिस्तानसँग जोडिएका सडक सञ्जालमा पहुँच सुनिश्चित गर्नु हो ।

    यससँगै अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिवानको नियन्त्रणमा पुगेका छन् ।

    सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न चर्को दबाव परेको छ । काबुललाई जोगाउन उनीसँग आत्मसमर्मपण वा सङ्घर्षको विकल्प देखिएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ ।

    अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्त्यहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन् ।

    ‘यदि अफगान सैनिकले आफ्नो देशलाई नियन्त्रणमा राख्न सक्दैन्थ्यो वा राख्दैन्थ्यो भने अर्को पाँच वर्षसम्म पनि अमेरिकी फौज त्यहाँ रहेर कुनै फरक पर्दैनथ्यो’, एउटा लिखित वक्तव्यमा उनले भनेका छन् ।

    आफ्ना पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्तीका लागि तोकेको म्याद र फौजको सङ्ख्या घटाएर नगन्य बनाउने निर्णय आफूमाथि आइपरेको बाइडेनले उल्लेख गरेका छन् ।

    (बिबिसीको सहयोगमा)


    आइतवार, श्रावण ३१ २०७८१२:०४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij