Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हैटीमा भूकम्पः ३ सय ४ जनाको मृत्यु, १८ सय धेरै घाइते

हैटीमा भूकम्पः ३ सय ४ जनाको मृत्यु, १८ सय धेरै घाइते

  • आइतवार, श्रावण ३१ २०७८

  • 780
    SHARES

  • हैटीमा भूकम्पः ३ सय ४ जनाको मृत्यु, १८ सय धेरै घाइते

    एजेन्सी । हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् ।

    शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए ।

    अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ । यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै प्रलयकारी भूकम्प गएको थियो ।


    आइतवार, श्रावण ३१ २०७८०६:४७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij