Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१३ प्रतिशतभन्दा बढीको कोरोना परीक्षण गरेको दाबी, ५ महिनाभित्र झण्डै २ लाख संक्रमित थपिने प्रक्षेपण

१३ प्रतिशतभन्दा बढीको कोरोना परीक्षण गरेको दाबी, ५ महिनाभित्र झण्डै २ लाख संक्रमित थपिने प्रक्षेपण

  • बिहिवार, श्रावण २१ २०७८

  • 613
    SHARES

  • १३ प्रतिशतभन्दा बढीको कोरोना परीक्षण गरेको दाबी, ५ महिनाभित्र झण्डै २ लाख संक्रमित थपिने प्रक्षेपण

    काठमाडौं – सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीकाअनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ । जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन् ।

    डा. लोहनीले कोभिड –१९ संक्रमण हुनेमध्ये ९ हजार ९५७ जनाको मृत्यु भएको छ । त्यस्तै साउन २० गतेसम्म नेपालमा कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ लाख ९७ हजार ६१२ जना रहेको र पूर्ण खोप प्राप्त गर्ने संख्या २० लाख ७४ हजार रहेको छ ।

    त्यस्तै सरकारले अबको ५ महिनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।


    बिहिवार, श्रावण २१ २०७८०१:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij