Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप खोप लिन निगमको जहाज आज राति चीन जाँदै

थप खोप लिन निगमको जहाज आज राति चीन जाँदै

  • बुधवार, श्रावण ६ २०७८

  • 879
    SHARES

  • थप खोप लिन निगमको जहाज आज राति चीन जाँदै

    काठमाडौं – कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीन जाँदैछ । चीनसँग खरिद गरिएको खोप लिन आज राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

    आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर बिहीबार दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छ । त्यसैगरी, बिहीबार राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने पौडेलले जानकारी दिनुभयो ।

    चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइसक्ने तयारी छ । पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ । गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।

     


    बुधवार, श्रावण ६ २०७८०२:२८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij