Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् विस्तार गर्दै मोदी, कति मन्त्री थपिँदैछन् ?

मन्त्रिपरिषद् विस्तार गर्दै मोदी, कति मन्त्री थपिँदैछन् ?

  • बुधवार, आषाढ २३ २०७८

  • 1.0K
    SHARES

  • मन्त्रिपरिषद् विस्तार गर्दै मोदी, कति मन्त्री थपिँदैछन् ?

    एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । पछिल्ला केही दिनदेखि नै मोदीले मन्त्रिमण्डल विस्तार गर्ने चर्चा चलिरहेको थियो ।

    मंगलबार चार राज्यको राज्यपाल परिर्वतन गरिएपछि मन्त्रिमण्डल विस्तारको चर्चा थप चुलिएको थियो । नयाँ मन्त्रालय ‘मिनिस्ट्री अफ को–अपरेसन’ बनाइएपछि त मन्त्रिमण्डल विस्तार हुने पक्कापक्की बनेको थियो । आजै साँझ ६ बजे नयाँ मन्त्रीहरुका लागि सपथको समय तोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    पहिलो कार्यकालमा मोदी सरकारले तीनपटक मन्त्रिमण्डल विस्तार गरेका थिए । सन् २०१४ को मेमा प्रधानमन्त्रीको रुपमा सपथ लिएपछि मोदीले पहिलो क्याबिनेट नोभेम्बर २०१४, दोस्रो पटक २०१६ र २०१७ मा मन्त्रिमण्डल विस्तार गरेका थिए ।

    भारतीय मिडियाहरुका अनुसार सत्ता समीकरणमा ध्यानमा राख्दै मन्त्रिमण्डल विस्तार गर्न लागिएको छ । हालसम्म २४ जनाको नाम फाइनल भएको जनाइएको छ । केन्द्रीय मन्त्रिमण्डलमा हाल ५० भन्दा धेरै मन्त्री रहेका छन् । लोकसभा सिटअनुसार क्याबिनेट ८१ सदस्यीयसम्म बनाउन सकिनेछ । त्यही भएर करिब २ दर्जन नयाँ मन्त्रीहरु थपिने अनुमान गरिएको छ ।

     


    बुधवार, आषाढ २३ २०७८०३:५०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij