Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेडः आज कति थपिए ? कति डिस्चार्ज ?

कोरोना अपटेडः आज कति थपिए ? कति डिस्चार्ज ?

  • शुक्रवार, आषाढ १८ २०७८

  • 612
    SHARES

  • कोरोना अपटेडः आज कति थपिए ? कति डिस्चार्ज ?

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १३ सय ९१ जना र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८ जनामा गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका मध्ये काठमाडौंमा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना गरी काठमाडौं उपत्यकामा ४२८ संक्रमित रहेको मन्त्रालयका तथ्यांकमा उल्लेख छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ ।

    यही अवधिमा थप ३ हजार ४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३ हजार ६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

    सोहि अवधिमा कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १० हजार ५९६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ५४ हजार ५२५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
    अहिले नेपालमा २९ हजार २ सय ७४ जना सक्रीय संक्रमित रहेका छन् ।


    शुक्रवार, आषाढ १८ २०७८०५:१५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij