काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनु भएको छ ।
ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उहालाई आज बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार उहाको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल लगिएको थियो । उहाको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किनु भएको थियो ।