Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

  • शुक्रवार, जेठ २८ २०७८

  • 859
    SHARES

  • भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

    एजेन्सी – भारतले आफ्ना नागरिकहरुलाई आफ्नो देशको भ्रमण गर्नका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । आफ्नो मुलुकमा पनि चिनियाँ नागरिकहरुलाई प्रवेश दिन तयार रहेको समेत भारतले जनाएको छ । दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    भारतको विदेश मन्त्रालयले चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत–जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ ।

    चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । हिजो भारत समेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।

     


    शुक्रवार, जेठ २८ २०७८०३:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij