Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेडः ३ हजार ७४९ जनामा संक्रमण पुष्टि, डिस्चार्ज कति?

कोरोना अपटेडः ३ हजार ७४९ जनामा संक्रमण पुष्टि, डिस्चार्ज कति?

  • बिहिवार, जेठ २७ २०७८

  • 745
    SHARES

  • कोरोना अपटेडः ३ हजार ७४९ जनामा संक्रमण पुष्टि, डिस्चार्ज कति?

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९०१ जनाको पीसीआर परीक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २९३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

    हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।


    बिहिवार, जेठ २७ २०७८०५:४५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij