एजेन्सी । विश्वभर कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १५ करोड ८४ लाख ३८ हजार २६७ पुगेको छ । यस्तै संक्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ ।
बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।
सोही अवधिमा १० हजार १६४ जना संक्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ ।
सक्रिय संक्रमित १ करोड २५ लाख ३७ हजार ९२५ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।
उपचाररत ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा संक्रमण फैलिएको छ । संक्रमित ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा संक्रमण भएको थियो । जसमध्ये ३ लाख ५३ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । २ करोड ७४ लाख ९६ हजार १९८ जनाले कोरोनालाई जितेका छन् ।