Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना ‘हटस्पट’ भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी

कोरोना ‘हटस्पट’ भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी

  • आइतवार, जेठ २३ २०७८

  • 618
    SHARES

  • कोरोना  ‘हटस्पट’ भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी

    एजेन्सी । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  ।

    डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १४ हजार ५३७  जनामा संक्रमण भएको छ ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८८ लाख ८ हजार ३७२ पुगेको छ ।

    यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो ।

    आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा  आज २ हजार ६८३ मा झरेको छ ।

    पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४६ हजार ७८४ पुगेको छ ।

     


    आइतवार, जेठ २३ २०७८०८:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij