Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘हटस्पट’ भारतमा नयाँ संक्रमित घटे, मृतक बढ्दै

‘हटस्पट’ भारतमा नयाँ संक्रमित घटे, मृतक बढ्दै

  • शनिवार, जेठ ८ २०७८

  • 784
    SHARES

  • ‘हटस्पट’  भारतमा नयाँ संक्रमित घटे, मृतक बढ्दै

    एजेन्सी । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा केही कमी आए पनि मृतक संख्या भने घटेको छैन ।

    लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ५४ हजार ३९५ जनामा संक्रमण भएको छ ।

    योसँगै भारतमा संक्रमितको संख्या २ करोड ६२ लाख ८५ हजार ८९ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

    संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

    मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९।५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२।४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

    मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो। संक्रमितको दर घटे पनि मृत्युदर भने उस्तै नै छ । अहिले पनि दैनिक औषत चार हजार संक्रमितको मृत्यु भइरहेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार१४३ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९५ हजार ५०८ पुगेको छ ।


    शनिवार, जेठ ८ २०७८०९:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij