Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युद्ध अन्त्य गर्न इजरायल र प्यालेस्टाइनलाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

युद्ध अन्त्य गर्न इजरायल र प्यालेस्टाइनलाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

  • आइतवार, जेठ २ २०७८

  • 1.0K
    SHARES

  • युद्ध अन्त्य गर्न इजरायल र प्यालेस्टाइनलाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गएराति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेका हुन् ।

    बाइडेनले इजराईली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरेल र प्यालेस्टाईनबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा विगत ६ दिनदेखि यद्ध जारी छ ।

    पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परि प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा विदेशी मिडियाहरुको कार्यालय रहेको टावरलाई पनि इजरेलले ध्वस्त बनाईदिएको छ ।

    मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।


    आइतवार, जेठ २ २०७८०६:४७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij