Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना ‘हटस्पट’ भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी

कोरोना ‘हटस्पट’ भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी

  • मंगलवार, बैशाख २८ २०७८

  • 804
    SHARES

  • कोरोना ‘हटस्पट’ भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी

     एजेन्सी । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

    लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २९ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

    संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार९२७ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९० लाख २१ हजार २०७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २० हजार ६९५ छ ।

    यस्तै त्यहाँ एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ ।

    दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५० हजार २५ पुगेको छ ।


    मंगलवार, बैशाख २८ २०७८०७:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij