Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोलम्बियामा ८ दिनदेखि सरकारविरुद्ध प्रदर्शन जारी

कोलम्बियामा ८ दिनदेखि सरकारविरुद्ध प्रदर्शन जारी

हालसम्म ३० भन्दा बढीको मृत्यु
  • बिहिवार, बैशाख २३ २०७८

  • 729
    SHARES

  • कोलम्बियामा ८ दिनदेखि सरकारविरुद्ध प्रदर्शन जारी

    एजेन्सी । कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै गएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। ८ दिनदेखि भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको बताइएको छ।

    बोगोटोको मुख्य स्क्वायरमा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ। कतिपय स्थानमा गोली समेत चलेको छ। प्रदर्शनकारीहरुले भने प्रहरी दमनबिच आन्दोलन जारी रहने घोषणा गरेका छन्।

    राष्ट्रपति इभान डुकेले ुट्याक्स रिफर्मु कानुन ल्याएपछि गत हप्तादेखि प्रदर्शन सुरु भएको थियो। सरकारले प्रदर्शनपछि ुट्याक्स रिफर्मु कानुन फिर्ता लिए पनि प्रदर्शन रोकिएको छैन। प्रदर्शनकारीहरुले कानुन फिर्ता लिएपछि सरकारले त्यसलाई परिवर्तन भने नगरेको भन्दै सडक संघर्ष जारी रहने बताएका छन्। उनीहरुले राष्ट्रपति इभान सरकार रहेसम्म गरिब जनतामाथि दमन हुने भन्दै सरकारविरुद्ध उभिने बताएका छन्।

    प्रदर्शनमा युवाहरुको धेरै सहभागिता रहेको छ। सरकारले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्न भन्दै कानुन प्रस्ताव गरिएको बताएपनि कानुन धनी व्यक्तिहरुको पक्षमा रहेको र गरिबहरुलाई थप दबाब पर्ने भन्दै युवाहरु प्रदर्शनमा उत्रेका हुन्।

    सरकारविरुद्ध प्रदर्शनमा हालसम्म ३० भन्दा बढी नागरिकको मृत्यु भइसकेको र सयौं घाइते भएको अधिकारवादी संस्थाहरुले उल्लेख गरेका छन्। ५ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

    राष्ट्रपति इभानले भने शान्ति व्यवस्था कायम गर्न आग्रह गरेका छन्।


    बिहिवार, बैशाख २३ २०७८११:५६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij