Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि, करिब ४ हजार जनाको मृत्यु

भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि, करिब ४ हजार जनाको मृत्यु

  • बिहिवार, बैशाख २३ २०७८

  • 625
    SHARES

  • भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि, करिब ४ हजार जनाको मृत्यु

    काठमडौँ । भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा चार लाख १२ हजार ६ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

    यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । यसअघि गएको शनिवार पनि भारतमा चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३ हजार ९ सय ८२ जनाको ज्यान गएको छ ।

    भारतमा अहिलेसम्म दुई करोड १० लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ३० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

    सङ्क्रमितमध्ये एक करोड ७२ लाख ६९ हजारभन्दा धेरै निको भएका छन् । भारतमा अहिलेसम्म २९ करोड ४८ लाखभन्दा धेरैको पीसीआर परीक्षण भएको छ ।


    बिहिवार, बैशाख २३ २०७८०९:२४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij