Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाई

निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाई

  • शुक्रवार, बैशाख १७ २०७८

  • 2.0K
    SHARES

  • निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाई

    काठमाडौँ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ ।
    अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।
    हिजो पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो ।
    केही जिल्लामा यसअघि नै निषेधको आदेश जारी भएपनि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।
    अहिलेसम्म मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ ।
    यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् ।
    यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ ।
    जिल्लाजिल्लामा यो क्रम जारी रहेको थियो । नेपाल प्रहरीले अन्य जघन्य आपराधिक गतिविधि बाहेकका गतिविधि नियन्त्रण कार्यक्रमलाई थाती राखेर सबै कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानमा परिचालन गरेको जनाएको छ ।
    ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधन जाँच थर्न थालिएको र यो क्रम आज थप कडाइका साथ हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
    गृह मन्त्रालयले आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ ।
    निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।
    संक्रामक रोग ऐनमा काममा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।
    यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५०० रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।


    शुक्रवार, बैशाख १७ २०७८०८:३०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij