Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अमेरिकी राजदूतले गरे नेपालीमै आह्वान, ‘कोरोनाबाट बच्न सबै जिम्मेवार बनौं’

अमेरिकी राजदूतले गरे नेपालीमै आह्वान, ‘कोरोनाबाट बच्न सबै जिम्मेवार बनौं’

  • बुधवार, बैशाख १५ २०७८

  • 926
    SHARES

  • अमेरिकी राजदूतले गरे नेपालीमै आह्वान, ‘कोरोनाबाट बच्न सबै जिम्मेवार बनौं’

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालमा कोरोना भाइरस (कोभिड –१९) संक्रमितको संख्या निरन्तर बढ्दै गएकाले सबैजना सचेत र जिम्मेवार हुन जरुरी रहेको बताएका छन् । आज ट्विट गर्दै उनले महामारीको यो घडीमा आफू र आफ्ना परिवार तथा आफन्तको ख्याल राख्न सबैलाई अनुरोध गरेका छन् । 

    नेपाली भाषामा ट्विट गर्दै राजदूत बेरीले सकेसम्म घरमै बस्न र आवश्यक कामका लागि बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

    साथै, उनले सामाजिक दूरी कायम गर्न र भीडभाडमा नजान पनि सबैलाई आग्रह गरेका छन् ।

    ‘कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस् । सामाजिक दूरी (कम्तीमा २ मिटरको) कायम गर्नुहोस्, राम्रो भेन्टिलेसन नभएका र भीडभाडमा नजानुहोस्’, राजदूत बेरीले लेखेका छन्, ‘नेपालमा कोभिड –१९ को संख्या निरन्तर बढ्दै गएको अवस्थामा हामी सबैले जिम्मेवार हुन अति जरूरी छ । आफू र आफन्तहरूको ख्याल राख्नुहोस् ।’

    उनले एकान्तमा रहेर मास्क लगाएको तस्बिर पोस्ट गर्दै यस्तो आव्हान गरेका हुन् ।

    Capture.PNG

     


    बुधवार, बैशाख १५ २०७८१२:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij