काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीबाट फर्केलगत्तै उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उर्जमन्त्री रायमाझी गृहजिल्ला अर्घाखाँचीमा एक कार्यक्रममा सहभागी हुन त्यहाँ जानुभएको थियो । त्यहाँबाट काठमाडौं फर्किएलगत्तै उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री रायमाझीलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको उहाँको सचिवालयले जनाएको छ ।
वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उहाँको उपचार भइरहेको छ ।