Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रिन्सिपलले जनस्वास्थ्य मापदण्ड पालना गरेका छौँ भने पनि आफ्ना नानीलाई विद्यालय नपठाउनू

प्रिन्सिपलले जनस्वास्थ्य मापदण्ड पालना गरेका छौँ भने पनि आफ्ना नानीलाई विद्यालय नपठाउनू

  • बिहिवार, बैशाख २ २०७८

  • 1.3K
    SHARES

  • प्रिन्सिपलले जनस्वास्थ्य मापदण्ड पालना गरेका छौँ भने पनि आफ्ना नानीलाई विद्यालय नपठाउनू

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँसहित देशका १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा भीडभाड नगर्न विशेष अपिल जारी गरेको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोनाबाट अति प्रभावित १४ जिल्लामा विद्यालय समेत नजान अपिल गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालयहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेकोले आफ्ना बालबालिकाहरुलाई विद्यालय नपठाउन अभिभावकलाई आग्रह गर्नुभयो ।

    कुनै विद्यालय सञ्चालकले जनस्वास्थ्य मापदण्ड पालना गरेका छौँ भनेर दाबी गरे पनि आफ्ना बालबालिकालाई कोरोनाबाट जोगाउने हो भने विद्यालय नपठाउन उहाँले आग्रह गर्नुभयो । विद्यालय सञ्चालनको विषयलाई बालबालिकाको ज्यान भन्दा ठूलो नबनाउन उहाँले आग्रह गर्नुभयो ।

    मन्त्रालयले काठमाडौँ उपत्यकासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई कोरोनाबाट अति प्रभावित क्षेत्र घोषणा गरेको छ । अहिले विद्यालय लगायतका भीडभाड हुने क्षेत्र बन्द गर्न तयार नभए अस्पतालहरुमा गम्भीर संक्रमितले बेड नपाउने समस्या आउन सक्ने प्रवक्ता गौतमको चेतावनी छ ।

    भोलि पूर्ण लकडाउनमा जानुपर्ने अवस्था पनि आउन सक्ने भएकाले अहिले नै पूर्वतयारीस्वरुप भीडभाड नगर्न उहाँले आग्रह गर्नुभयो ।

    स्वास्थ्य मन्त्रालयले यसअघि नै कोरोना संक्रमणबाट बालबालिकालाई जोगाउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गर्न सरकारलाई प्रस्ताव गरेको थियो । तर शिक्षा क्षेत्रका सरोकारबालाहरुको दबाबका कारण तत्कालै विद्यालय बन्द गरिहाल्ने निर्णयमा पुग्न सरकारले खुट्टा कमाइरहेको छ ।

    तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा रहेका विशेषज्ञहरुको विश्लेषण र अन्तराष्ट्रिय अनुभव हेरेर तत्काल विद्यालय बन्द गर्ने निर्णय नभए स्थिति निकै नै असहज बन्ने बताउनुहुन्छ ।

    जनस्वास्थ्यविद डा. शरद वन्तलाई भने विद्यालय बन्द गरेर मात्रै पनि बालबालिकालाई संक्रमणबाट जोगाउन कठिन लागिरहेको छ । विद्यालय भित्र र बाहिर जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्नु नै उत्तम हुने उहाँको सुझाव छ ।

    अहिले नेपालमा दैनिक कोरोना संक्रमित हुने मध्ये १० प्रतिशत भन्दा धेरै बालबालिकाहरु रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    १७ वर्ष भन्दा मुनीका बालबालिकाहरु कोरोना संक्रमित हुने क्रम बढ्नुमा विद्यालयहरुमा जनस्वास्थ्य मापदण्डको पालना नहुनु मुख्य कारण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५७ जना डिस्चार्ज भएका छन् ।

    यस्तै, पछिल्लो पटक थप ५ जनाको मृत्यु समेत भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ ।
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।

     


    बिहिवार, बैशाख २ २०७८०८:१०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij