काठमाडौं । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले कोरोनाभाइरसको नयाँ भेरियन्टका संक्रमित फेला पर्न थालेकाले उच्च सर्तकता अपनाउन सबैमा अपिल गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले कोरोनाको नयाँ भेरियन्ट यसअघिको संक्रमणभन्दा बढी खतरनाक रहेकाले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो ।
सामाजिक दुरीको सहि पालना नगर्दा पनि कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलन थालेको डा. पुनले बताउनुभएको छ ।
लकडाउन नगर्नका लागि आम नागरिकहरु आफैं सचेत भएर कोरोनाविरुद्ध लड्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
विद्यार्थीहरु कोरोना संक्रमणको उच्च जोखिममा परेकाले विद्यालयले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने डा.पुनको भनाइ छ ।