Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा ५१७ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५१७ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.0K
    SHARES

  • पछिल्लो २४ घण्टामा ५१७ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार २०३ को पीसीआर परीक्षण गर्दा ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पीसीआर परीक्षणबाट ४६० र एन्टिजेल परीक्षणबाट ५७ जनामा कोरोना पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ रहेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३ जना कोरोना संक्रमित निको भएसँगै निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको र २४ घण्टाभित्र मृत्यु हुनेको संख्या ४ रहेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १६१, ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ।


    मंगलवार, चैत्र ३१ २०७७०५:०५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij