Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बुटवलमा तीनजना कोरोना संक्रमितको मृत्यु, जो थिए कोरोना अस्पतालमा उपचारत

बुटवलमा तीनजना कोरोना संक्रमितको मृत्यु, जो थिए कोरोना अस्पतालमा उपचारत

  • सोमवार, चैत्र ३० २०७७

  • 842
    SHARES

  • बुटवलमा तीनजना कोरोना संक्रमितको मृत्यु, जो थिए कोरोना अस्पतालमा उपचारत

    काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।

    तीनैजनाको आज बहान फरक–फरक समयमा मृत्यु भएको हो ।

    तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको आज बिहान ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभएको छ । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।

    यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा आज बिहान १० बजे मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभएको छ । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको बताइएको छ ।

    कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा आज बिहान ७ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या थियो ।

     


    सोमवार, चैत्र ३० २०७७१२:१२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij