एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कार्यकाल लम्ब्याउनसक्ने कानुनमा हस्ताक्षर गरेका छन् ।
सन् २०२४ मा आफ्नो कार्यकाल सकिएपनि पुटिनले २०३६ सम्म सत्तामा रहन सक्ने कानुनी व्यवस्थामा हस्ताक्षर गरेका हुन् ।
नयाँ कानुन जारी भएसँगै आफ्नो कार्यकाल सकिएको ६ वर्षसम्म पुटिनले शासन गर्ने बाटो खुल्ने छ । राष्ट्रपति पुटिनको कार्यकाल ल्म्ब्याउनका लागि रुसले गत वर्ष नै संविधान संशोधन गरेको थियो ।
नयाँ कानुनी व्यवस्थासँगै ६८ वर्षिय राष्ट्रपति पुटिनले रुसमा ८३ वर्षको उमेरसम्म रुसको नेतृत्व गर्ने छन् ।