काठमाडौं । सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले स्वास्थ्यका दृष्टिकोणले यो वर्ष भीडभाड जम्मा भएर होली नबनाउन आग्रह गर्नुभएको छ ।
उहाँले भीडभाडमा होली मनाउँदा कोरोना भाइरसको संक्रमण फैलनसक्ने भएकाले घर परिवारका सदस्यबीच मात्रै मनाउन आग्रह गर्नुभएको हो ।
नेपाल कोरोना भाइरसको दोस्रो चरणको उच्च जोखिममा रहेको हुँदा होली सामान्यरुपमा पारिवारभित्र मात्रै मनाउन डा.पुनको सुझाव छ ।
कोरोना संक्रमणको जोखिम बढेपनि लकडाउन तत्काल आवश्यक नभएको उहाँको भनाइ छ । डा.पुनले लकडाउन कोरोना संक्रमण नियन्त्रणको दिर्घकालिन उपाय नभएकाले स्वास्थ्य मापदण्ड अपनाउनु जरुरी रहेको स्पष्ट पार्नुभएको छ ।
कोरोना वढ्नुमा सर्वसाधरणको हेलचक्र्याँई पनि मुख्य कारण रहेको डा.पुनको भनाइ छ ।
सरुवा रोग विशेषज्ञ डा.पुनले कोरोनाको संक्रमण जोखिमलाई बेवास्ता गरिए अवस्था भयावह हुन सक्ने चेतावनी दिनुभएको छ ।
संक्रमणको खतरा उच्च रहेकै बेला काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा सर्वसाधरणका तर्फबाट समेत हेलचक्र्याई भईरहेको उहाँले बताउनुभयो ।
माक्स लगाउने, स्यानीटाईजर प्रयोग गर्ने नियमित हात धुने तथा भौतिक दुरी कायम गर्नु पर्ने विषयलाई सर्वसधारणले भूल्न थालिसकेको डा.पुनले बताउनुभयो ।