एजेन्सी । अमेरिका र चीनका उच्च अधिकारीहरुले एकअर्काको तीव्र आलोचना गरेका छन् ।
जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक अमेरिका र चीनबीच भएको वार्तामा दुवै देशका अधिकारी आरोपप्रत्यारोपमा उत्रिएको बीबीसीले जनाएको छ ।
चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाएका छन् । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगाएसँगै दुवै देशको सम्बन्ध थप तनावपूर्ण अवस्थामा रहेको बताइएको छ ।
वार्ताका क्रममा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वार्तामा तिक्तता बढेको खबर आएपनि अमेरिकी अधिकारीले बन्द कोठामा झण्डै दुई घण्टासम्म भएको वार्ता फलदायी उन्मुख भएको दावी गरेका छन् ।
गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए।
अमेरिका र चीनका अधिकारीबीच गत जुनयता पहिलोपटक उच्च तहको वार्ता भएको हो ।