Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नाइजरमा बजारबाट फर्किएका ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

नाइजरमा बजारबाट फर्किएका ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

  • बुधवार, चैत्र ४ २०७७

  • 895
    SHARES

  • नाइजरमा बजारबाट फर्किएका ५८ जना सर्वसाधारणको सशस्त्र समूहद्धारा हत्या

    एजेन्सी । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ ।

    साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    सोमबार पनि सरकारी सेनासँग विद्रोहीहरुको माली र बुर्किन फासोको सीमा नजिकै दोहोरो भिडन्त भएको थियो ।

    सो क्षेत्रमा अलकायदासँग नजिक रहेको विद्रोही समूहका गतिविधि सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् ।

    नाइजरका सरकारी प्रवक्ता अब्दुरेहम जाकारीयाले घटनाको पुष्टि गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए ।

    आक्रमणकारीहरुले गत जनवरी २ मा टिल्लेबमरीका २ गाउँमा आक्रमण गरेर कम्तिमा एक सय जना सर्वसाधारणको हत्या गरेका थिए ।

    बढ्दो हिंसा पश्चिमी अफ्रिकाको सोहेल क्षेत्रमा व्यापक सुरक्षा संकटका एक हिस्सा भएको आधिकारीहरुले जनाएका छन् ।

    यसअघिका अधिकांश आक्रमणहरु नाइजर, माली र बुर्किन फासोको सीमा नजिकै रहेको बताइएको छ ।

    सेनाले तिल्लेबारी क्षेत्रमा गरेको जवाफी कारवाहीमा सने २०१९को डिसेम्बरमा ७० र जनवरीमा ९० जना विद्रोही मारिएका थिए ।

    सो सामूहिक हत्याले नाइजरका नयाँ राष्ट्रपति मोहम्मद बाजुमलाई चुनौती थपिएको बताइएको छ ।


    बुधवार, चैत्र ४ २०७७०८:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij